बार्सिलोना बी डिभिजनको क्लबसँग पनि बराबरीमा नै


साविकको विजेता बार्सिलोना कोपा डेल रे कपमा हक्र्यूलिससँग बराबरीमा रोकिएको छ ।

अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले बी डिभिजन क्लब हक्र्यूलिससँग १–१ को बराबरी खेलेको हो । शनिबार एइल क्लासिको खेल्ने तयारीमा रहेको बार्सिलोनाले अफ्ना तीन फवार्ड लिओनल मेस्सी, नेयमार र लुइस स्वरेजलाई आराम दिएको थियो ।

खेलको ५२ औं मिनेटमा हक्र्यूलिसले डेभिड मार्टिनको गोलबाट अनपेक्षित अग्रता लियो । तर, छ मिनेट लगतै बार्सिलोनाका युवा खेलाडी काल्र्स इलिनाले बराबरी गोल फर्काए ।