अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनासको क्यालिफोर्निया शाखा गठन।


नोभेम्बर २५, अन्तराष्ट्रिय नेपाली कलाकार समाजको क्यालिफोर्निया शाखा गठन भएको छ। बिश्वभर ६५ भन्दा बढी देशमा शाखाहरु बिस्तार गरेर आफूलाई बिश्वब्यापीरुपमा परिचित गराउँदै नेपाली भाषा कला संस्कृति एवं कलाकार, साहित्य प्रेमीहरुको विश्वव्यापी संगठनको रुपमा समेत बिकसित भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज ईनासको हालै मात्र अमेरिकाको क्यालिफोर्नियामा नयाँ शाखा बिस्तार भएको छ। ईनासको ग्लोबल कमिटीले ईनास क्यालिफोर्निया गठन गर्ने प्रस्तावलाई ईनासको केन्द्रिय विधानले निर्दिष्ट गरेका ब्य्बस्थाहरुको पालना गर्दै कार्य गर्ने गरि राज्य समितिको रुपमा अनुमोदन गरे पछि औपचारिक रुपमा ईनास क्यालिफोर्निया गठन भएको हो। 
 

कलाकारिता क्षेत्रमा निकै नै बरिष्ट र चर्चित कलाकार मदन दिपबिम बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ।  कलाका विविध विधामा समर्पित कलाकार वा उल्लेखित विधालाई माया गर्ने वा यसको संरक्षण वा सम्वर्द्धनका लागि कार्यरत व्यक्तित्वहरुको संलग्नतामा गठित अन्तराष्ट्रिय नेपाली कलाकार समाज क्यालिफोर्नियाको उपाध्यक्षमा रत्तु लामा र संगीता शर्मा गुरुङ, महासचिवमा सरु साँबा राई, कोषाध्यक्षमा बिन्दु सापकोटा रहेका छन् भने समाजको कार्यकारी सदस्यमा बाबु आचार्य, नलिना चित्रकार, टिका पुन, टलमान मगर, अमुल शेरचन, कल्पना लामा, इन्द्र गुरुङ र निकी कार्की रहेका छन्।

नेपाली कला, साहित्य र संस्कृतिको उत्थान र नेपाली चलचित्रको अन्तराष्ट्रिय प्रवर्द्धन गरिरहेको यस सस्थांले विश्वभरी आफ्ना शाखाहरु विस्तार गर्दै अगाडी बढीरहेको छ। स्थापनाको केहि बर्षमा नै चर्चित बनेको ईनासले केहि हप्ता अगाडी मात्र भारतको सिक्किममा चौथों ईनास फिल्म अवार्ड कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको थियो।