श्रेष्ठ र गुरुङलाई सानो परि एण्ड सानो बाबु पोखरा २०१६ को उपाधी


राजाराम पौडेल,पोखरा- जीत हाम्रो फाउन्डेशनको आयोजना र एस.टी. क्रियशनको ब्यबस्थापनमा पोखरामा शनिबार सम्पन्न बाह्रौं संस्करणको “सानो परि एण्ड सानो बाबु पोखरा २०१६” ट्यालेन्ट कन्टेस्टको सानो परि तर्फ उपाधीको क्राउन गण्डकी बोडिङ्ग स्कुलकी ११ बर्षीय केशभी देवि श्रेष्ठले हात पारिन् भने सानो बाबु तर्फ कास्की मोडनाइज्ड ऐकेडेमी स्कुलका ११ बर्षीय प्रथम गुरुङले सानो बाबुको उपाधी आफ्नो पेल्टामा पार्न सफल भए । पोखरा भरिका बिभिन्न २२ बिद्ध्यालयका ५८ जना बिद्ध्यार्थी नानी बाबुहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै “सानो परि एण्ड सानो बाबु २०१६” ट्यालेन्ट कन्टेस्टको बाह्रौं संस्करणको उपाधी पाउन सफल केशभी र प्रथमले विजेताको क्राउन र मेडल सहित १०–१० हजार रुपैयाँ नगद पनि पाप्त गरे । शनिवार पोखरा सभागृहमा दिउसो १ बजे शुरु भएको कार्यक्रम करिब ६ घण्टा सम्म चलेको थियो । प्रतियोगितामा सानो परि तर्फ सेन्ट मेरिज बोडिङ्ग स्कुलकी शिशा तामाङले फस्ट रनरअप, आकृति लामा रुम्बाले सेकेन्ड रनरअप, भुमिका ज्ञवालीले थर्ड रनरअप, प्रशंसा रानाभाटले फोर्थ रनरअफ र शिशु निकेटन स्कूलकी आकांक्षा आचार्यले फिफ्ट रनरअपको उपाधी हात पार्न सफल भए । त्यसै बाबु तर्फ शिशु निकेटन बोडिङ्ग स्कूलको आर्दश शर्माले फस्ट रनरअप, कुकुदिनी होम्सको अमिस महतोले सेकेन्ड रनरअप, गण्डकी बोडिङ्गको आयुष गुरुङले थर्ड रनरअप, मडरल्याण्ड उच्च मा.बि.को माहिर तामाङले फोर्थ रनरअफ र सिर्जना उच्च मा.बि.को अदित घिमिरेले फिफ्ट रनरअपको उपाधी प्राप्त गरे ।

उपाधी प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई परिचय, प्रश्नउत्तरका साथै लेखन र वक्तृत्वकला समेत प्रस्तुत गर्न लगाईएको थियो । प्रतिस्पर्धीमध्ये सानो परि तर्फ अन्य ३२ जनाले बिभिन्न सबटाइटल र बाबुतर्फ १३ बटा सबटाइटल प्रदान गरिएको थियो । प्रतिस्पर्धीको मूल्याङकनका लागी बरिष्ठ सञ्चारकर्मी तथा रेडियो जननी ९०.६ मेगाहर्जकी स्टेशन म्यानेजर बिमला भण्डारी, गायीका तथा नबदिप बोडिङ्ग स्कूलका प्रिन्सीपल कौशल्या गुरुङ र मिसेज तिज २०६८ बिजेता, सञ्चारकर्मी एवं सौन्दर्यकर्मी रोजी श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

बाह्रौ संस्करणको सानो परि एण्ड सानो बाबु प्रतियोगिताको फाइनल कार्यक्रममा बरिष्ठ सौन्दर्यकर्मी, महिला उद्यमी तथा गुरुङ ब्यूटी पार्लर एण्ड एकेडेमीकी प्रबन्ध निर्देशक चिनु गुरुङ लाई सम्मान गरिएको थियो । गुरुङले लामो समय दखि सौन्दर्य पेशामा लागि महिला श–शक्तिकरण तथा उद्यमशिल र समाजसेवाको कार्यमा पु¥याएको योगदानको कदर गदै सम्मान गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले बताए ।

प्रतियोगिताको विजेता तथा उपविजेताहरुलाई कार्यक्रमकमा प्रमुख अतिथि पृथ्बी नारायण क्याम्पसका सह–प्राध्यापक एवं मडरल्याण्ड उच्च मा.बि.का फाउन्डर डाइरेक्टर त्रिभुवन शर्मा, युनिक ब्रेन पोखराका निर्देशक प्रेम छिरी शेर्पा (दिकपाल), सानो परि २०१५ की विजेता प्रतिष्ठा सुबेदी, उपविजेता प्रकृति थापामगर, सानो बाबु २०१५ दिप्जल बस्नेत र निर्णायक लगायतले प्रशंशापत्र, गीफ्ट ह्यामपर तथा अवार्ड प्रदान गरेका थिए । बालबालिकाहरुको बौद्धिक क्षमता तथा आत्मबिश्वासलाई अभिबृदी गर्ने उद्धेश्यले युनिक ब्रेन पोखराको सहकार्यमा बाह्रौं संस्करणको कार्यक्रम आयोजना गरिएको हो । संचारकर्मी एवं कोरियोग्राफर सुरज थापा र इनिशा दुरामगरले सञ्चालन गरेको उक्त प्रतियोगिताको सह–कोरियोग्राफीमा समिना श्रेष्ठ, सौरभ थापा, महिमा मगराटी, दिप्सान श्रेण्ठ, आरती जोशी आदीले रहेका थिए । कार्यक्रममा नृत्य, गायन र हास्य प्रहशन जस्ता रमाईला प्रस्तुती मार्फत दर्शकहरुले मनोरञ्जन लिएका थिए ।