हार्ने डरले पौडेलले तरणदलको निर्वाचन भाडे– सिटौला


राजाराम पौडेल, पोखरा-नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफुहरु घेराबन्दीमा परेपछि तरुण दलमा निर्वाचन नगरी सहमतीमा नेतृत्व चयन गरेको बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण दलको निर्वाचन बहिष्कार गर्ने धम्की दिएपछि पार्टी सभापतिले देउवाले पार्टी बचाउन सहमतीमा आउन अनुरोध गरेको बताए ।

पोखरामा पत्रकारहरु सँग कुराकानी गर्दै पार्टीलाई जोगाउन सहमतिमा जानुको आफुहरु सँग विकल्प नभएको बताए । उनले चुनावमा गए हारिन्छ भनेर पौडेल समूह डराएको दावी गरे । उनले आफुहरु चुनावमा जानुपर्छ भनेर निरन्तर जोड दिएँ पनि पार्टी सभापति शेरबहादुर देउवाजीले तरुण दलमा चुनाव गराए राचमन्द्रजीले बहिष्कार गर्छु भनेर बाध्य भएर आफुहरु पछि हटेको बताए ।

सिटौला सगँ रहेको युवा नेता प्रदीप पौडेलले सिटौलालाई गुट बनायो र बार्गे्निङ गरेको छ भन्ने आरोप निराधार झुटो भएको दावी गरे । नेता सिटौलाले तीन वटै चुनाव गर्नुको कुनै विकल्पन भएका कारण बैशाखमा स्थानीय निर्वाचन गर्नु पर्ने बताए । उनले संविधान सभाको जस्तो संसद अहिलेको हैन संविधान संसोधन गरेर म्यान थप्न मिल्दैन भन्दै बेलैमा निर्वाचन गर्नु पर्ने बताए ।

बुधबार तरुण दलको अध्यक्षमा जीतजंग बस्नेत, उपाध्यक्षमा उत्तमकुमार चापागाईं, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई मात्र पदाधिकारी चयन गरेर पोखरामा चलेको महाधिवेशन सकेको थियो ।