तरुण दलको महाधिवेशन २ दिन थप, निर्वाचनबाट सहमतिमा नेतृत्व चयन


राजाराम पौडेल/पोखरा-नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन मंसीर १ गते सम्म लम्बिने भएको छ । तरुणदलका निर्देशक समितिका संयोजक बालकृष्ण खाँडले पोखरा पत्रकार सँग कुराकानी गदै विधान संसोधन र निर्वाचनका लागि समय थपिएको बताए ।

सर्वसम्मत् नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्काबीच सहमति भएपछि प्रक्रिया पूरा गरेरै अगाडि बढ्ने उनले बताए ।

विधान संसोधन गरि निर्वाचनमा जाने उनले जानकारी दिए । विधान संशोधनका लागि भोली बन्दसत्र बस्ने उनको भनाई छ । उनलसबैलाई मिलाएर लैजाने निर्वाचन प्रक्रियामा मै गएर सहमतीमा नयाँ नेतृत्व गर्ने बताए ।

संशोधित विधानमा सातै प्रदेशका लागि एक–एक उपाध्यक्ष र सचिव हुनेछन् । त्यसैगरी, महामन्त्री वा महासचिव के राख्ने भन्ने टुंगो नभएपनि त्यो पदमासमेत दुईजना हुने स्रोतले बताएको छ ।

नेताहरुको भागबन्डाअनुसार अध्यक्षले मनोनीत गर्ने पदाधिकारीमा देउवापक्षका १० जना, पौडेलपक्षका ६ जना र सिटौला तथा खड्कापक्षका चारजना राख्ने सहमति भएको जनाइएको छ ।