तरुण दलको बन्दसत्र सकिएपनि निर्वाचनको कार्यतालिका सार्वजनीक हुन सकेन


राजाराम पौडेल,पोखरा-नेपाल तरुण दलको महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुझाबहरु लिदै सकिएको छ । जिल्ला अध्यक्षहरुले दिएका सुझाब लिदै सकिएको नेपाल तरणदलका अध्यक्ष उदय शम्सेर राणाले जानकारी दिए । विधान संसोधन गर्ने भनिए पनि सुझब दिदै समय सकिए पछि विधान संसोधनमा प्रबेश नै नगरेको उनले बताए ।

‘बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने नाराका जारी महाधिबेसनमा विभिन्न जिल्लाका अध्यक्षहरुले नयाँ नेतृत्व चयन गर्दा निर्वाचन प्रक्रियाबाटै हुनु पर्नेमा जोड्दिए । साझँ सम्म पनि निर्वाचनका कार्यक्रम सार्वजनीक भएको छैन । निर्वाचनका कार्यक्रम सार्वजनीक नहुदा प्रतिनिधीहरु अन्यौलमा परेका छन् ।

नयाँ नेतृत्वका लागि कांग्रेस नेताहरुले भागबण्डा गर्ने तयारी गरेको नेताहरुले बताएका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाबीच पदाधिकारीमा भागबण्डाको पहल भइरहेको काग्रेसका नेताहरुले बताएका छन् । अध्यक्षमा देउवा निकट जीतजंग वस्नेतलाई अध्यक्ष बनाउन सहमति खोजीएको नेताले बताए ।

महासचिबमा रामचन्द्र पक्ष र कोषाध्यक्ष सिटौला पक्षलाई दिइ मिलाउने प्रयास थालेको एक नेताले बताए । तर सिटौला पक्ष भने चुनाव मै जाने बताइ रहेको छ । केन्द्रिय सदस्य देखि प्रदेश संयोजक लगायतमा सबैमा त्रिपक्षीय रुपमा बाँडफाँड गर्ने तयारी रहेको छ ।

यस अगाडी देउवा र सिटौला विच सहकार्य हुदै आए पनि यो पटका भने रामचन्द्र पक्ष र देउवा पक्ष विच सहकार्य अगाडी बढेको नेताहरुको भनाई छ । कांग्रेसका भातृसंस्था नेविसंघ र महिला संघका महाधिवेसनमा देउवा र सिटौलाले एउटै प्यानल बनाएर चुनावमा गएपछि पौडेल पक्ष प्यानलको उपस्थिति न्यूनी हुँदै गएको थियो । सोमबार सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व सहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ । सोमबार निर्वाचनका कार्यक्रम भए पनि अहिले सम्म निर्वाचन तालिका सार्वजनीक भएको छैन ।