युवा संघका अध्यक्ष पहारीद्धारा लोकमानको विषयमा खुट्टा नकमाउन कांग्रेसलाई आग्रह


राजाराम पौडेल,पोखरा – युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीब पहारीले लोकमान सिंह कार्कीको विषयमा संसदमा दर्ता गरिएको प्रस्ताव पारितमा नेपाली कांग्रेसले खुट्टा कमाएको आरोप लागाएका छन ।

पहारीले अख्तियार प्रमुखलाई महाअभियोग पारित गर्न खुट्टा नकमाउन समेत कांग्रेस सभापति शेर बहादुर देउवालाई आग्रह गरेका छन । पोखरामा शनिवार देखि सुरु भएको नेपाल तरुण दलको चौथो महाधिवेशनको उद्घाटन सत्रमा वोल्दै युवा संघ नेपालका अध्यक्ष पहारीले देउवालाई लोकमानको बिषयमा खुट्टा कमाएको आरोप लगाएका हुन ।

पहारीले लोकमानको विषयमा संसदमा दर्ता गरिएको प्रस्ताव पारित गर्न देउवार नेपाली कांग्रेसका कारण पारित हुन नसकेको भन्दै त्यस विषयमा गम्भीर हुन समेत देउवा र सिंगो कांग्रेसलाई आग्रह गरे । कांग्रेसको कारण लोकतन्त्र कमजोर हुदै गएको र लोकतन्त्र वलियो बनाउन महाअभियोग पारित गर्न तर्फ नेपाली कांग्रेस अगाडी वढ्न पहारीले सुझाव समेत दिए ।

त्यसैगरी पोखरामा अन्तराष्ट्रिय विमानस्थलको केपी ओली प्रधामन्त्री हुदा शिलान्यास भएर निर्माण कार्य शुरु भएको भएतापनि अहिलेको सरकारले चिनिया पक्षलाई बिश्वास दिलाउन नसक्दा काम अगाडी वढ्न नसकेकोले पोखरेलीको सपना चकनाचुर हुने अवस्थामा पुगेको वताउदै कांग्रेसका नेताहरुले त्यसप्रति पनि ध्यान दिन जरुरी रहेको उनको भनाइ रहेको थियो ।