लाओसलाई हराउँदै नेपाल सोलिडारिटी कपको फाइनलमा


नोभेम्बर १२, मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनल अन्तर्गत नेपालले लाओसलाई टाईब्रेकरमा पराजित गर्दै सोलिडारिटी कप फुटबलको फाईनलमा प्रवेश गरेको छ।

शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके भने तेश्रो प्रहार लाओसका खेलाडीले पोस्ट बाहिर हानेका थिए। पेनाल्टीमा नेपालका ३ जना खेलाडीले गोल गरेका थिए।