पटाका प्रहार पछि मैदानमा ढलेका लेवान्ड़ोस्कीले रोमानीयालाई हराए


१२ नोभेम्बर, विश्व कप २०१८ को छनौट खेल अन्तर्गत शुक्रबार राति भएको खेलमा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की माथी पटाकाद्वारा हमला भएको छ। 

बिश्वकप २०१८ को छनौट खेल अन्तर्गत शुक्रबार राती पोल्याण्ड र रोमानीया बीच भएको खेलमा लेवानडोस्कीलाई लक्षित गर्दै बिरोधी टिमका समर्थकले पटाका फालेका थिए। खेलको ५४ औं मिनट तिर लेवान्डोस्कीको नजिकै विस्फोट भएको पटाकाका कारण उनि मैदानमै ढलेका थिए। 

उक्त बिष्फोटबाट पटका पड्केर धुँवा आउन थाले पछि उनि तर्सिएर मैदानमा लडेका थिए जसका कारण उनलाई उनलाई तत्काल स्वास्थ्य उपचार गर्नु परेको थियो । समर्थकले फालेको पटाकाका कारण केहीबेर खेल रोकिएको थियो । 

उक्त खेलमा समुह ‘इ’ मा रहेको पोल्याण्डले रोमानियालाई ३–० ले पराजित गरेको छ। जसमा लेवान्ड़ोस्कीले दुई गोल गर्न सफल भएका थिए।