ईपरमा गोर्खालीको सम्झना,जान्नुहोस् बेल्जियम इपर स्मारकको ईतिहास


बेल्जियम/ प्रथम  विश्व युद्धको अन्त्य भएको अवसरमा ११ नोभेम्बरका दिन विश्वमा विविध कार्यक्रमको आयोजन गर्ने गरिन्छ । यसै क्रममा वेल्जियममा रहेका नेपालीहरुले स्थानिय इपर सहरमा आइ विरगति प्राप्त गर्ने नेपालीहप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन ।

इपरमा प्रथम विश्व युद्धमा लाखौले ज्यान गुमाएका थिए । जसमा केही नेपाली मुलमा गोर्खाली सैनिक समेत छन । संस्थागत रुपवाट नेपालीहरु इपरमा आइ श्रद्धान्जली कार्यक्रम गर्दै आइरहेका छन । सन २००३ मा विश्व गार्खाली जनजाती संघको तर्फवाट सो क्षेत्रमा श्रद्धान्जली कार्यक्रम शुरुवात गरिएको थियो । यसलाई निरन्तरता तमु समाजले गरेका थियो । केही समयको लागि रोकिएको यो कार्यक्रमलाई पछिल्लो अवस्थामा तमु समाज वेल्जियमको अगुवाइमा वेल्जियममा रहेका विभिन्न संघसंस्थाको सहकार्यमा श्रद्धान्जली कार्यक्रम गरिदै आएको छ ।

वेष्ट भ्लान्डरणका नेपालीहरुको सकृयतामा तत्कालिन परराष्ट मन्त्री सुजाता कोइरालाले इपर भ्रमण गरेपछी इपर चर्चा चुलिएको थियो । सोहि समयमा एनआरएनको पहलमा नेपाली दुतावास वेल्जियमका महामहिम प्रमेश कुमार हमालले इपरमा आइ विरगति प्राप्त नेपाली वारेमा अध्ययन गर्न एक समिती गठन गरेका थिए । जसमा दुतावासका तर्फवाट कुमारराज खरेल  र एनआरएन वेल्जियम र वेल्जिममा रहेका नेपालीको तर्फवाट क्रमश अर्जुन कुमार श्रेष्ठ,युवराज गुरुङ्  र महेश थापा रहेका थिए । सो समितीको पहल पछि  कमनवेल्थ ग्रेभस कमिटीले आफनो वेवसाइटमा रहेको विरगति प्राप्त गोर्खालीको राष्टियता सच्याएको थियो । यसअघि राष्टियता भारत लेखिएको थियो ।

सोही समितीको सिफारिसमा इपरमा स्मारक वनाउन पहल गर्नु पर्ने जनाएपछि महामहिम राजदुत हमालले सकृयता देखाउदै स्मारक निमाणको लागि इपर प्रशासनवाट जग्गा स्वीकृति लिएका थिए ।  इपरमा स्मारक कस्ले वनाउने भन्ने विवाद उत्पन्न भएपछी तत्कालिन राजदुत राममणी पोखरेलले कसैलाई जानकारी नदिइ एकलौटी रुपमा स्मारक निर्माण  गरेका थिए ।

नेपालीहरुको विभिन्न विरोध पश्चात निमाण गरिएको सो स्मारक विभिन्न पटक भत्काइ पुन निमाण गरिएता पनि नेपाली समाज र नेपाली दुतावास वेल्जियम बीचको खाडल भने निकै वढेको थियो । केही नजिकका व्यक्तीको सहभागितामा तत्कालिन राजदुत पोखरेलले  स्मारक अनावरण गरे । तर उनको यो कदमलाई अधिकांश वेल्जियमका रहेका नेपालीले साथ भने दिएनन् ।

गत वर्ष झै यो अभियानलाई निरन्तरता दिदै तमु समाज वेल्जियमले यो वर्ष पनि इपरमा श्रद्धान्जली कार्यक्रमको आयोजना गर्यो । आज भएको श्रद्धान्जली कार्यक्रममा वोल्दै विश्व गार्खाली जनजाती संघको तत्कालिन अध्यक्ष र हाल कास्की समाज वेल्जियमका अध्यक्ष गम वहादुर गुरुङ्ले गार्खालीले नेपालमा रेमिटेन्सको सुरुवात गरेका भएपनि सरकारले अझै गोर्खाली समस्यामा सम्वोधन नगरेकोमा नेपाल सरकारप्रति ध्यानआकर्षण गराए । इपर अध्ययन समितीका सदस्य तथा पत्रकार महासघ युरोपका तत्कालिन अध्यक्ष एव वर्तमान संरक्षक महेश थापाले इपर स्मारक निमाण पछी वढेको नेपाली समाज र दुतावासको दुरीलाई समाप्त गरिनु पर्ने जनाए ।

unnamed-15यसै गरी एनआरएनए वेल्जियमका अध्यक्ष गंगाधर गौतमले इपर अभियानमा एनआरएन सवै संघसंस्थासँग  सहकार्य गर्दै अगाडी बढ्ने जनाए । उनले वेल्जियममा रहेको नेपालीहरुको तर्फवाट विरगती प्राप्त नेपाली प्रति श्रद्धान्जली समेत व्यक्त गरे ।नेपाली दुतावास वेल्जियमका राजदुत लोक वहादुर थापाले आफनो पुर्खा समेत गोर्खाली सैनिकमा कार्यरत रहेको स्मरण गर्दै वेल्जिमममा रहेको नेपाली समुदायसँग सहकार्य गर्न दुतावास तत्पर रहेको जनाए । उनले इपर स्मारकले नेपालीत्व जनाउने हुदा यसको सम्वद्वन  र व्यवस्थापन गर्न नेपाली संघसंस्था संग सहकार्य गर्दै अगाडी वढने वताए ।

कार्यकम आयोजक तमु समाज वेल्जियमका अध्यक्ष जीवन तमुले कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै यो कार्यक्रमलाई तमु समाजले सधै निरन्तरता दिने जनाए ।कार्यक्रममा इपरमा देह त्याग गरेका ज्ञात अज्ञात नेपाली मुलका सैनिक प्रति एक मिनेट मौन धारण गर्दै उपस्थित सयौ नेपालीहरुले फुल अपण गरिका थिए ।unnamed-17