राष्ट्रपति विद्यादेवी भण्डारीले फागुनसम्ममा भारतको राजकीय भ्रमण गर्ने (छापाबाट)


परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी फागुनसम्ममा भारतको राजकीय भ्रमण हुने बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

हालै मात्र १८ वर्षपछि भारतीय राष्ट्रपतिका तर्फबाट प्रणव मुखर्जीको नेपालको राजकीय भ्रमण सफल भएको भन्दै महतले फागुनसम्ममा राष्ट्रपति भण्डारीले पनि भारतको भ्रमण गर्ने बताएका हुन् ।

‘मुखर्जीको भ्रमण सफल भएको छ, अब फागुनसम्ममा हाम्रो राष्ट्रपतिले पनि भारतको भ्रमण गर्नुहुन्छ ।’