पाेखरेली समुह कन्दरा अष्ट्रेलिया प्रस्थान गर्दै


पोखरा-नेपालको लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा पहिलो पटक आफ्नो ४० दिने यात्राको लागी मंगलबार प्रस्थान गर्ने भएको छ । एनआरएनए अष्ट्रेलिया र एम्बेसी अफ नेपाल कन्सोलेट जनरल अफ ( एनएसडब्लु ) को आयोजनामा अष्ट्रेलिया प्रस्थान गर्ने भएको हो ।

सिड्नी, मेलबर्न, ब्रिजबेन लगाएतका शहरहरुमा नेपाल फेस्टिबल अन्तर्गतका कार्यक्रमहरुमा कन्दराले आफ्नो लाइभ कन्र्सट प्रस्तुत गर्न लागेको ब्याण्डका भोकलिष्ट बिबेक श्रेष्ठले जानकारी दिए। आफ्नो बिशुद्ध मौलिक प्रस्तुती बोकेको पोखरेली ब्याण्ड कन्दराका चर्चित गितहरु हङ्गकङ्ग पोखरा, लेककी हे माया, तगारोमा रुमाल, बिदेशिएर गइन उनी, तिमी पारी र पछिल्लो एल्बम भेडि गोठैमाको गितहरु प्रस्तुत गरिने श्रेष्ठले जानकारी दिए।

अष्ट्रेलियाबाट फर्किएपछि सगींतमा ब्याप्त समस्याहरुको समाधानको लागी जनचेतनामुलक कार्यक्रमहरु गरिने ब्याण्डका ड्रमर सुनिल थापाले बताए । अष्ट्रेलियाबाट पुस ५ गते फर्कने ब्याण्डका गितारिष्ट अमित गुरुङ्गले जनाए । अष्ट्रेलिया ब्याण्डका बुद्ध बर्जाचार्य किबोड, अमित गुरुङ्ग गितार, अशिम शेरचन गितार, अनिल गुरुङ्ग बेस गितार, अभिनास गायक मादल, सुनिल थापा ड्रमर र बिबेक श्रेष्ठ गायक जाँदैछन् ।