मेस्सीको पाँच सय गोलको किर्तिमान संगै बार्सिलोना विजयी


बार्सिलोना, बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सीले क्लब खेलमा पाँच सय गोलको किर्तिमान बनाउँदै बार्सिलोनालाई जिताएका छन्। ला लिगा अन्तर्गत आइतबार राती सेभिल्ला विरुद्व भएको खेलमा बराबरी गोल गरे संगै क्लबका लागि ५ सय गोलको किर्तिमान बनाएका हुन्।

आइतबार राति भएको खेलमा एक गोलले पछि पारेको बार्सिलोनाले कमब्याक गर्दै सेभिल्लालाई २–१ ले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले १५ औं मिनेटमा भिटोलोको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्तिमतिर लिओनल मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

खेलको ६१ औं मिनेटमा मेस्सीको पासमा लुइस स्वारेजले गोल गरेका थिए । बार्सिलोनाका लागि ११२ खेलमा उनको यो ९५ औं गोल समेत हो ।

यो जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडमाथि दबाव कायमै राखेको छ । बार्सिलोना ११ खेलबाट २५ अंकसहित दोस्रो स्थानमा छ भने रियल मड्रिड २७ अंक संगै शिर्ष स्थानमा रहेको छ।