आर.सी थापाको एकल संगीतमा सत्य स्वरुपको ‘प्रारम्भ’ सार्वजनिक


काठमाण्डौ, गीतकार तथा संगीतकार आर.सी थापा (रामचन्द्र थापा)को एकल संगीत रहेको गीति एल्वम ‘प्रारम्भ’ को बिमोचन गरि सार्वजनिक गरिएको छ।

राजधानीको रोयल ब्याङ्क्वेट हलमा आयोजित एक समारोहका बीच एल्वम सार्वजनिक गरिएको हो । सातवटा गीत समावेश एल्बम प्रारम्भको गीतकार तथा चलचित्र निर्देशक यादव खरेलले विमोचन गरेका हुन् । एल्वम बिमोचन समारोहमा सांगितिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सत्य-स्वरुपको स्वर रहेको एल्बममा आर.सी. थापाका दुई वटा गीत तिम्रो सुन्दर आँखामा र देखे जस्तो लाग्छमा शब्द रचना रहेको छ भने अन्य गीतहरुमा बिष्णु सुबेदीको रोएर बसें र आज फेरी पँधेरीमा, कुलराज थापाको नलुकाउन मुहार तिम्रो,  रमेश दाहालको त्यहीं आउ र कल्पना अधिकारीको तिम्रो नजरबाट बोलको गीत रहेका छन्।

एल्वम बिमोचन संगै कार्यक्रममा तिम्रो सुन्दर आँखामा र तिम्रो नजरबाट बोलको गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

सत्य स्वरूप इन्टरटेन्मेटको पहिलो कोसेली स्वरूप संगितकार थापाको प्रारम्भ सत्य–स्वरूपको भने यो १२ अौँ सोलो एल्वम हो। दोलखा चरिकोट पुख्र्यौली थलो भएका संगितकार रामचन्द्र थापा हाल अष्ट्रेलियामा कर्म थलो बनाईरहेका छन् । विदेशमा रहेर पनि नेपाली गीत संगीत र कलाकारितालाई आत्मसाथ गर्दै अघि बढिरहेका थापा हाल हाल अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का ग्लोवल महासचिव समेत रहेका रहेका छन्।