चर्चित गायिका नलिना चित्रकार र गायक संजिब प्रधान बार्सिलोनामा


बार्सिलोना/ पप गायिका नलिना चित्रकार र चर्चित गायक संजिब प्रधान र  बार्सिलोना आईपुगेका छन्। आईतबार हुने तिहार बिशेष धमाकामा आफ्नो प्रस्तुति राख्न दुवै जना बार्सिलोना आएका हुन्। नेवा पासा पुच स्पेनले चर्चित गायक गायिका सहित स्थानीय कलाकारहरुलाई समेटेर कार्यक्रमको आयोजना गर्न लागेको हो। समाजका अध्यक्ष निलु अवाले श्रेष्ठ लगायत प्रतिनिधिहरुले गायिका चित्रकार र गायक श्रेष्ठलाई शनिबार राति बिमानस्थलमा पुगेर स्वागत गरेका थिए।

गायिका चित्रकारका गोरी गोरी सानी मोरी ,आज भन्दा हिजो राम्रो,चाहिन्दैन हिरा र मोती,चन्चले बानी सम्हालिदेउ,एकै छिन टाढा,मेरो प्रत्येक प्रश्न,पानी पानी भयो,तिम्रो अधर तिम्रो नजर जस्ता लोक प्रिय गितहरु साथै, गायक प्रधानका  आएर सोध एक्लो,भोली फेरी सल्ला घारिमा,देउरालीको चौतारीमा,एक्लाई एक्लाई,एउटा घर,मलाई बिर्सेर जान नखोज,मान्छेले चाहेर पनि,मुटु भित्र तिम्रो,नशा भित्र नशासरी,फस्न मन लाग्यो,सानै छदा रहरले,सिरिमा सिरी,तिम्रो प्रीतको,उडि जाने रुमाल फरर’ जस्ता चर्चित गीतहरुमा स्पेनबासी नेपालीहरु रमाउँने भएका छन्।14914883_1316252435075580_1522459558_nयस्तै कार्यक्रममा स्थानीय कलाकारहरुले “निर जहिले रिसाउने”, ठमेल बजारमा,देउसी भैलो गीतका साथै प्रसिद्द बासुरी बाधक बिनोद कटुवाल ,मनिष श्रेष्ठ,शुभाष बिष्टको तिहार धुन,लगायत गायिका सुमी घिमिरे सापकोटाका बिशेष प्रस्तुतीहरु पनि रहने आयोजकले जनाएको छ।गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला उप संयोजक रजनी प्रधानको कार्यक्रममा उपस्थिति रहने भएको छ।

यस्तै कार्यक्रमको बिशेष आकर्षण नेवारी बिशेष परिकार समयबजी समेत दर्शकहरुलाई खुबाईने भएको छ।कार्यक्रममा उपस्थित भई नेवारी खाजाका साथ सांगीतिक मनोरन्जन लिन समेत स्पेनबासी नेपाली समुदायलाई समाजले अनुरोध गरेको छ।

  • कार्यक्रम बारे बिस्तृत बिबरण :
  • मिती : नोभेम्बर ६ तारिख,२०१६ आईतबार
  • समय : दिउँसो ४ बजे
  • टिकट:- १० युरो ( १० बर्ष मुनिका बालबालिकाहरुका लागि भने निशुल्क )
  • स्थान : joshep pla 40, besos mar ( तेरिया मगरको कार्यक्रम भएको हल )

14936872_1316252478408909_679212178_n