भीभीआईपी उडानले आकाशमै ट्राफिक जाम (छापाबाट )


भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनभर परेको छ ।

आन्तरिक र वाहृय उडानका वायुसेवाले एकदेखि तीन घण्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको हो ।

त्रिभुवन विमानस्थलको एउटा मात्रै धावनमार्ग हुनु, आन्तरिक र अन्तराष्ट्रिय उडानका वायुसेवाको उडान तथा अवतरण एउटै हुनु र दैनिक दुई सयभन्दा बढी उडान हुन काठमाडौं विमानस्थलका प्रमुख समस्या हुन् ।

त्यसमा पनि भीभीआईपीको सवारीको समयमा ४५ मिनेटको विमानस्थल बन्दका कारण हवाइ मार्ग व्यस्त भएको विमानस्थल कार्यालयले जनाएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।