मिस क्विन लेखनाथ सिजन २ को उपाधि अनुराधा लामिछानेलाई


राजाराम पौडेल, पोखरा- टिभिएस विगो मिस क्विन लेखनाथ सिजन २ को उपाधि लेखनाथ ७ तालचोककी अनुराधा लामिछानेले जितेकी छन् । उनले ६ जना प्रतियोगीलाई पछि पार्दै उपाधी सहित टिभिएस विगो स्कुटर हात पारीन् साथमा लेखनाथको ब्राण्ड एम्बेसेडर बन्ने मौका समेत प्राप्त गरेकी छन् ।

त्यसै गरी फस्ट रनरअपमा लेखनाथ १२ खुदीकी स्मृती ओझा भईन् भने सेकेन्ड रनर अप पावर हाउसकी सुस्मिता पुन भईन् । त्यसै गरी भ्यूअर च्वाइसमा लेखनाथ भन्डारढिककी ज्योती खड्का भईन् ।

जगदम्बा मोटर्सको टि भि एस विगोको टाईटल स्पोन्सर रहेको कार्यक्रमको आयोजना लेखनाथ मिडिया हाउस र सहआयोजक रोट्याक्ट क्लव लेखनाथले गरेको थियो त्यस्तै, सेभेन मिडिया नेटवर्कको व्यवस्थापन र फोटोमण्डलको पार्टनरमा सम्पन्न भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा पोखरा उपत्यका नगर विकास समितीका अध्यक्ष प्रकाश मोहन खनालले लेखनाथको विकास र प्रचार प्रसारमा यस्ता खाले कार्यक्रममले विशेष योगदान पुराउने उल्लेख गरे ।

त्यसै गरी विशिष्ट अतिथि लेखनाथ नगरपालिका कार्यलयका कार्यवाहक प्रमुख राममणी अधिकारीले अव लेखनाथ समृद्ध वन्न लागेको र त्यसको थप विकासमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र लेखनाथमा वन्न लागेको समेत जानकारी दिए । लेखनाथमा एक मात्र इभेन्ट भएको हुनाले समेत विशेष गरी सम्पुर्ण लेखनाथवासीहरुले विशेष आकर्षणको रुपमा लिने गरीन्छ । लेखनाथ मिडिया हाउसका प्रवन्ध निर्देशक सन्दिप पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अस्मिता केसी संगै सचिन रानाभाटले गरेका थिए ।