दुई लायन्स क्लवबिच दिदिभाइको सम्बन्ध स्थापित


राजाराम पौडेल,पोखरा – नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसरमा दुई लायन्स क्लवबिच पोखरामा शुक्रबार दिदिभाईको सम्बन्ध गाँसिएको छ । यसरी सम्बन्ध स्थापित गर्ने क्लवमा लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारी र लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारी  रहेका छन् । लायन्स क्लव अफ सिर्जना चौतारीको स्पोन्सर क्लवको रुपमा स्थापित यी दुवै क्लवले पूर्व मल्टिपल काउन्सील चियर पर्सन एम जे एफ दिपक क्षेष्ठलाई साक्षी राखेर सम्बन्ध स्थापित गरेका हुन् । लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीका दिदिहरुले पालैपालो लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका भाइहरुलाई टिका, माला र ढाकाको टोपी लगाइ दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सम्बन्ध स्थापित भएपछि आत्मियता बढ्ने र सामाजिक कार्य गर्दा प्रभावकारिता बढ्ने बताए । यसरी संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दा निखारता आउने उनको भनाई थियो । उनले आफु आवद्ध क्लवले पोखरामा लायन्स क्लवका बिचमा यस्तो सम्बन्ध राख्ने कार्यको सुरुवात गरेको स्मरण गरे ।
कार्यक्रममा बोल्दै रिजन चियर पर्सन बालकृष्ण बरालले आफुहरुले जन्माएका ुदई क्लवबिचको सहकार्य अन्य क्लवका लागि समेत अनुकरणीय हुने बताए । लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरे, लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीका अध्यक्ष दुर्गा कुमारी आचार्य, प्रथम उपाध्यक्ष सिता पहारी, द्धितिय उपाध्यक्ष रजनी कोइराला, सचिव सावित्रा पौडेल, कार्यक्रम संयोजक प्रतिमा शर्मा लगायतले सम्बन्धलाई प्रगाढ बनाउन विभिन्न कार्यक्रम गर्ने बताएका थिए । सो अवसरमा आयोजित देउसी भैलो कार्यक्रमले समेत कार्यक्रममा रौनकता थपेको थियो ।