पोखरामा मात्रै तिहारमा दुई करोड मूल्यको फूल खपत हुने


पोखरा-पोखरामा मात्रै तिहारमा दुई करोड रुपैयाँ बढीको फूलको व्यापार हुने अनुमान गरिएको छ । पोखरामा कास्कीको स्थानीय उत्पादन देखि स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, चितवन, धादिङ, काभ्रे र भारतबाट फूल भित्रिने फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले जनाएको छ । पोखरामा खपत हुने फूल मध्ये ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत भारतीय मेरीगोल्ड हुने अनुमान व्यवसायीको छ ।

तिहारमा सयपत्री, गोदावरी र मखमली फूल मुख्य रुपमा प्रयोगमा आउने गरेको छ । पछिल्लो समयमा प्लास्टिकका कृत्रिम फूलको प्रयोग पनि बढ्न थालेको छ ।

गत वर्ष ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत भारतीय फूल पोखरा भित्रिएको थियो ।कृषिप्रधान देशमा खाद्यन्न मात्र होइन, फूलमा समेत करोडौ रुपैयँ बाहिरिने गरेको भन्दै व्यवसायीहरुले सरकारले सहुलियत दरमा बीउ–बिजन र मलको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको फूल व्यवसायीहरु बताउँछन् ।