स्पेनबाट म्याग्दीका पहिरोपीडितलाई राहत बितरण


म्याग्दी/ स्पेनमा संकलन गरिएको रकमबाट म्याग्दी बेगखोलाका बाढी तथा पहिरोपीडितलाई राहत हस्तान्तरण गरिएको छ।बिहीबार बेगखोलमा आयोजित एक कार्यक्रमबीच खाद्यसामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा ६४ घर परिवारलाई एक बोरा चामल, ५ किलो दाल, नून, एक लिटर तेल, तीन किलो चिनी, चियापत्तिलगायतका दैनिक उपभोग्य सामग्री वितरण गरिएको प्रबासी नेपाली मञ्च स्पेनका महासचिव लक्ष्मण शर्माले जानकारी दिए। मञ्चले स्पेनको नेपाली समुदायबाट रकम संकलन गर्दै पिडितलाई राहात बितरण गरेको हो।

गत भदौ १६ गते राति आएको बाढीका कारण बेगखोलामा १२ घर परिवार विस्थापित हुनुका साथै एक जनाको ज्यान गएको थियो। पहिरोका कारण गाउँको जमिन भासिने, चक्ला परेर बग्न थालेपछि गाउँलेहरु आफन्तको घरमा शरण लिएर बसेका छन् । नेपालीहरुको महान चाड तिहार नजिकै गर्दा मञ्चले पिडितलाई राहत दिन सफल भएको छ। यसैबीच देवीस्थानका पहिरोपीडितहरुलाई मञ्चले नगद १० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ।???????????????????????????????नेकपा एमाले वैकल्पिक पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर चारका सहसंयोजक गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा म्याग्दी ईन्चार्ज भूपेन्द्र थापा,नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ,प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिना,एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्रबहादुर केसी, यूवा संघ नेपालका विदेश विभाग प्रमुख सन्तोष रावल, एमाले पर्वतका प्रचार विभाग प्रमुख लालबहादुर अधिकारी, पहिरोपीडित एवं राहत व्यवस्थापन समितिको अध्यक्ष ओमकुमार सिंजाली, एमाले बेगखोला गाउँ कमिटीका अध्यक्ष नरसिंहबहादुर पुनलगायतको सहभागिता रहेको थियो ।??????????????????????????????????????????????????????????????