मिस कलेज सिजन २ को ताज निसा खनालको पोल्टामा


राजाराम पौडेल,पोखरा ।- मिस कलेज सिजन–२ प्रतियोगिताको ताज निसा खनालले पहिरीएकी छन् । ताजसंगै उनले मिस डिसिपिलिनको सव टाइटल समेत जितिन् । द लुक्स होमको आयोजनामा भएको यो प्रतियोगीताको फस्ट रनरअप बनेकी भावना तिवारीले मिस क्याटवाल्कको सव टाइटल आफ्नो पक्षमा पारिन् । सेकेन्ड रनरअप बनेकी प्रिया गुरुङले मिस ट्यालेन्टको सवटाइटल जितिन् । भिवर च्वाइस र मिस युनिक बबिता गुरुङ, मिस क्रियटिभ मेलिना लामिछाने, मिस पर्सनालिटि उर्मिला चौधरी, मिस फोटोजेनिक सम्झना काफ्ले, मिस वेष्ट डान्स आशा गुरुङ बन्न सफल बने । प्रतियोगीताको कोरियोग्राफी मिस कल्चर २०१० का विजेता सुरक्षा गुरुङले गरेकी थिइन् ।

सौन्दर्यकर्मी मिना गुरुङ्गको प्रमुख आतिथ्यता रहेको प्रतियोगीताको निर्णायकमा बालकृष्ण श्रेष्ठ, तेज गिरी, सुनिल मर्हजन रहेका थिए । द लुक्स होमकै आयोजनामा यहि कार्तिक २७ गते हेटौडामा मिस कलेज हेटौडाको फाइनल हुने होमका प्रमुख कायृकारी अधिकृत रविन्द्र बर्जाचार्यले जनाए ।