काँग्रेसले की लोकतन्त्र की लोकमानतन्त्र रोज्नुपर्छ –एमाले नेता गुरुङ


पोखरा – नेकपा एमाले प्रदेश नम्वर चारका संयोजक किरण गुरुङले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले संविधानको बेवास्ता र कानुनी राज्यको उपहास गरेका कारण महाअभियोग दर्ता भएको बताएका छन् । सोमबार केही संचारकर्मीसंग कुराकानी गदै उनले संविधानको सर्वोच्चता र कानुनी राज्यको स्वीकार गरेर अगाडी बढनुपर्ने बताउदै लोकमानले कानुनी राज्यको खिल्लि उडाएका कारण संसदमा महाअभियोग दर्ता गर्नुपरेको दावी गरे ।

‘संविधान र कानुनी राज्यलाई मान्नुपर्छ तर कार्कीले त्यसको उपहार गरेकै कारण महाअभियोग दर्ता भएको हो ।’ उनले अख्तियार प्रमुख कार्कीले पूर्वाग्रह राखेर अगाडी बढेका कारण पनि अभियोग दर्ता भएको स्पष्ट पारे ।‘रानजीतिक दलका नेताहरुप्रति प्रतिसोध साध्ने गरि अगाडी बढेका कारण अहिलेको अवस्था आएको हो ।’ उनले नेपाली काग्रेसले लोकतन्त्र की लोकमान रोज्नुपर्ने बताए । ‘काँग्रेसका अगाडी दुई विकल्प छन लोकतन्त्र की लोकमानतन्त्र मध्य एक रोज्नुपर्ने हुन्छ ।’ उनले महाअभियोग टुङग्याउन करिव एक महिना लाग्ने भन्दै दलहरुको सहमतीमा पारित हुने समेत बताए ।

नेता गुरुङले संविधानको कार्यान्यन नभई संसोधन नहुने समेत बताए । अहिले संविधान संसोधन हुदैन् संविधानको सर्वोच्चता स्वीकार गर्नुपर्छ उनले भने सहमतीको नाममा संविधान कार्यान्वयन नहुदै पटकपटक संसोधन गर्न नसकिने बताए । ‘सहमतीको नाममा संविधान तोडमोड गर्न मिल्दैन् ।’ उनले संविधान कार्यान्वयनका लागी ७४ माघ सम्म तिन तहको निर्वाचन हुनुपर्ने भएपनि सरकारको काम हेर्द सम्भव नभएको बताए ।

अघिल्लो सरकारले कार्यतालिका अनुसार अगाडी बढेको भएपनि बर्तमान सरकारले निर्वाचनको कार्यतालिक बनाएर अगाडी बढेको देखिदैन् उनले भने त्यसका लागी एमालेले पहल गनुृपर्छ ।‘एमालेकै पहलमा संविधान जारी भएकाले त्यसको कार्यान्वयका लागीका लागी पनि हामीले नै नेतृत्व गर्नुपर्छ । ’ कार्यक्रममा एमाले प्रदेश नम्वर चारका सचिव जगत विश्वकर्मा, एमाले बैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसी, एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारी लगायतले आफनो भनाई राखेका थिए ।