सागरमाथा आरोहण गर्ने प्रथम महिला जुनको तावेईको निधन


काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रथम महिला जुनको तावेईको निधन भएको छ । उनको ७७ वर्षको उमेर जापानमा निधन भएको हो ।

जापानको सरकारी सञ्चार माध्यमले जनाएअनुसार साइटामा क्यान्सर सेन्टरमा उपचारको क्रममा निधन भएको हो । उनलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो ।

जापानको फुकुसिमामा जन्मिएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । उनले २० दिनमा सगरमाथाको सफल आरोहण गर्दै प्रथम सागरमाथा आरोही बन्न सफल भईन।

यसका साथै उनी सेभेन समिटको सफल आरोहण गर्ने पहिलो आरोही समेत हुन् । जुनको तावेई गत अप्रिल ३० मा काठमाडौँमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल आएकी थिईन् ।