कालावाङ घडेरीको होम स्टेले आन्तरिक तथा बाह्य पर्यटकको मन जित्दै


 पोखरा-पर्यटकीय शहर पोखराको नजिकै रहेको कालावाङ घडेरीको होम स्टेले आन्तरिक तथा बाह्य पर्यटकको मन जित्दै गइरहेको छ । अघिल्लो वर्षको भुकम्प र नाकाबन्दीले सुस्ताएको आन्तरिक र बाह्य पर्यटकलाई भित्रयाउन यहांका होम स्टे सञ्चालकहरु यतिवेला लागी परेका छन । गुरुङ, ब्रहमण र दलित बस्ती रहेको बालाबाङ घडेरीमा १८ घर धुरीमा होमस्टे सञ्चालन गरिएको होमस्टेका अध्यक्ष राज बहादुर गुरुङले वताए । पोखराबाट साढे १३ किलो मिटर दुरी रहेको कालाबाङ घडेरी गाउ र त्यहांको डांडाबाट देखिने सुन्दर फेवातालको दृश्य र मनोरम हिम श्रृङखलाले त्यहा आउने पर्यटकलाई लोभ्याउने गरेको होम स्टेका अध्यक्ष गुरुङले वताए ।

कालाबाङ घडेरी माथीको डांडाबाट देखिने मनोरम स्थलले नै पर्यटकलाई लोभ्याउने गरेको भन्दै त्यहांका स्थानियले त्यो डांडालाई पार्कको रुपमा स्थापना गर्ने भएका छन । होमस्टेमा आउने पर्यटकलाई स्थानिय स्तरमै गाउमै उत्पादन भएको खानाको स्वादबाट पाहुनालाई लोभ्याउने गरेको होम स्टेका सचिव याम बहादुर गुरुङले वताए । आगामी दिनमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नका लागी आफुहरुले अर्गानिक खानाका परिकारहरुलाई नै प्राथमिकता दिने उनको भनाइ रहेको थियो ।

आफुहरुलाई अझैपनि सरकारी तहका मानिस र बाह्य पर्यटकलाई आधुनिक तवरको सेवा दिन नसकेको र त्यसलाई सुधार गर्दै लैजाने गुरुङले वताए ।पछिल्लो समय विभिन्न ग्रामीण भेगहरुमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी घरबास कार्यक्रमहरु सञ्चालन भइरहेको र यसले नेपालको पर्यटनमा थप टेवा पुग्ने भएकाले पर्यटन वोर्डले यस्ता कार्यक्रमहरुलाई सहयोग गरिरहेको पर्यटन वोर्ड पोखरा शाखाका प्रमुख उदय भट्टराइले वताए । यस्ता कार्यक्रमले आन्तरिक र बाह्य पर्यटकलाई मात्र नभइ स्वयं स्थानिय जनताहरुको आर्थिक स्तर उकास्नमा समेत मदत पुग्ने उनको भनाइ रहेको थियो । कालाबाङ घरेडीमा होमस्टे सञ्चालनका लागी एसियन मानव अधिकार फोरम र विभिन्न संघ सस्थाले सहयोग गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ग्रामीण भेगका मानिसको आर्थिक अवस्थामा सुधार ल्याउनमा यसले ठूलो भुमिका खेल्ने एशियन फोरमका कास्की अध्यक्ष तिलक थापा बताउछन ।

पोखराको नजिकै रहेको कालाबाङ घरेडीमा सञ्चालनमा आएको होम स्टेले पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्दै ग्रामीण भेगमा बसोबास गर्ने मानिसको आर्थिक सम्बृद्धिमा थप मदत गर्ने छ । त्यसैले यस्ता पर्यटन प्रवद्र्धन गर्ने कामलाई नेपाल सरकारले सहयोग गर्नु आवश्यक देखिन्छ ।