एमालेको चियापानमा मधेशी मोर्चाका नेता समेत सहभागी


काठमाडौं । नेकपा एमालेले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वकाअवसरमा शनिबार चियापान कार्यक्रमगरेको छ । चियापान समारोहमा मधेसी मोर्चाका नेतासमेत सहभागी भएका थिए । उनीहरुले एमाले अध्यक्ष केपी ओलीसँग हात मिलाएर शुभकामना दिएकाथिए ।मधेसी नेताको यो कदमले एमालेसँग चिसिएका सम्बन्ध अत्य हुन सक्ने संकेत दिएका छन् ।

चियापानमा सभामुख ओनसरी घर्ती, अर्थमन्त्री कृष्णबहादुर महरा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेशी मोर्चाका नेता एव‌ं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्षमहन्थ ठाकुर, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार, नयाँ शक्ति पार्टीका तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलगायतका नेता पुगेका थिए ।

एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले सुरु गर्नुभएको चियापनलाई पार्टीले निरन्तरता दिँदै आएको छ ।