७० बर्ष शासन गरेका थाइल्याण्डका राजा भूमिबोलको निधन


थाइल्याण्ड- थाइल्याण्डका राजा भुमिबोल अदुल्यादेजको ८८ बर्षको उमेरमा निधन भएको छ। बिहिबार स्थानीय समय अनुसार दिउँसो ३ बजेर ५२ मिनेटमा उनको निधन भएको बताइएको छ। विश्वमै सबै भन्दा लामो समयसम्म शासन गर्ने रेकर्ड राखेका उनले ७० बर्ष शासन गरेको बताइएको छ।

राजाको निधन पश्चात थाईल्याण्डका प्रधानमन्त्रि प्रायुत जान ओचाले देश बासीलाई सम्बोधन गर्दै प्यारा राजाको निधनमा एक बर्ष सम्म शोक मनाउने तथा ३० दिनसम्म कुनै कार्यक्रम नगरिने जनाएका छन्। विश्वमै सबैभन्दा बढी शासन गरेका राजा अदून्यदेतले सन् १९४६ गद्दी सम्हालेका थिए। 

थाईल्याण्डमा अबबन्ने उत्तरअधिकारी ६३ वर्षीय थाई युवराज महा भाजिरालोङकोर्न हुन उनैलाई अब थाइल्याण्डका नयाँ राजा घोषणा गरिनेछ ।