विजयादशमी पर्व देश तथा बिदेशमा हर्षोल्लासका मनाइयो


आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन् । प्रवासमा रहेका नेपालीहरुले समेत परम्परा अनुसार नै घरमा नै जमरा रोपी टिका थापी दसैं मनाएका छन् ।

विजयादशमीको टीका र आशिर्वाद थाप्न दिनभर सर्वसाधरण व्यस्त रहे । राष्ट्रप्रमुख राष्ट्रपतिदेखि सर्वसाधरणसम्म दसैँको टीका र जमरा आदन प्रदानमा व्यस्त देखिए ।

दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ । उपत्यकामा अति आवश्यक सामानका पसल खुलेका छन् । सडकमा मानिसको आवत जावत पनि बाक्लिएको छ ।