पहिरो पीडित तिमल्सिनालाई कतारबाट सहयोग


पोखरा । कालिका गाविस–६ गारकाटे निवासी घाइते बोधराज तिमिल्सेनालाई कतारमा रहेका नेपालीले आर्थिक सहयोग गरिएको छ ।

वैदेशिक रोजगारीको लागि कतार गएका नेपालीहरु संकलन गरेको ४० हजार रुपैया तिमल्सेनाका छोरा राजु तिमिल्सिनाको नाममा रहेको बैंक खातामा पठएको गोकुल रानाभाटले बताएका छन् ।

यस अघि पोखरा–८ न्यूरोड स्थित विजेन सप्लायर्सका प्रोपाइटर विश्वराज श्रेष्ठले सहयोग गरेको रु २० हजार रुपैयाँ नेपाली काँग्रेस कालिका गाउँ इकाई समितिका सभापति भानुभक्त ढकाल मार्फत र नेका कास्की पार्टी सभापति कृष्ण केसीको रोहवरमा घाइतेलाई सहयोग हस्तान्तरण गरिएको थियो ।

गत भदौ २२ गते राती गएको पहिरोमा परि आफ्नै घरले पुरिँदा तिमिल्सेना घाइते भएका थिए ।

घर पूर्ण क्षेती पुगेको उक्त परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको पारिवारिक स्रोतले जानकारी दिएका छन् । घाइतेको दाहिने खुट्टा काट्टिएको र देव्रे खुट्टा विभिन्न ठाउँमा भाच्चिएको अवस्थामा उपचार भइरहेको छ ।

सार्वजनिक जमिनमा अस्थायी बसोवास गर्दै आएका तिमिल्सेना परिवारलाई उचित वसोवासकोलागि नेवि संघका केन्द्रीय सदस्य समेत रहेका कालिकाका सभापति भानुभक्त ढकालले पोखराका लायन्स क्लवहरुलाई समेत सहयोगका लागि गुहार्ने बताएका थिए । घाइतेको गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।
received_1114798428557131

received_1114798811890426

received_1114800321890275