समयमै बस्ति हस्तान्तरण गर्न नसकेको भन्दै धुर्मुसले माफी मागे। (भिडियो)


१ अक्टोबर, काठमाडौं । कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को धुर्मुस-सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको गिरान्चौर एकीकृत बस्ती तोकिएको समयमा हस्तान्तरण गर्न नसकेेको भन्दै माफी मागेको छ ।

फाउन्डेसनका तर्फ बाट कलाकार धुर्मुसले निर्माण शुरु गर्दा दशैंको घटस्थापनाका दिन बस्ति हस्तान्तरण गर्ने लक्ष्य रहे पनि सोही दिन बस्ति हस्तान्तरण गर्न नसकिएकोमा भिडियो मार्फत माफी माग्दै हामीले सबै कुरालाई जित्यौं तर प्रकृतिलाई जित्न सकेनौ जेठ महिना देखि आज असोजको पन्ध्र सम्म आइपुग्दा पनि निरन्तर वर्षा भइ नै रह्यो र हामीले सोचेको समयमा निर्माण सम्पन्न गर्न सकेनौं भन्दै दुख: ब्यक्त गरेका छन्। (भिडियो हेर्नुहोस्)