लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बद्रि प‌ंगेनी निर्वाचित


सेप्टेम्बर २८, काठमान्डौ- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैठौं महाधिबेशन बाट लोक गायक बद्री प‌ंगेनी निर्वाचित भएका छन् । मंगलबार राजधानीमा प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतिष्ठानको छैठौं महाधिबेशनमा अध्यक्षका प्रत्यासी उम्मेदवार बिष्णु खत्रीलाई हराउँदै गायक बद्रि पंगेनी बिजयी भएका हुन्। महाधिवेशनमा पंगेनीले ८८८ मत ल्याएका थिए भने अध्यक्षका प्रत्यासी विष्णु खत्रीले ५०८ मत ल्याएका थिए ।

त्यस्तै प्रतिष्ठानको नव निर्वाचित कार्यसमितिको अध्यक्षमा बद्रि पंगेनी निर्वाचित भएसंगै अन्य पदमा क्रमश बरिष्ठ उपाध्यक्षमा रमेश बिजी, प्रथम उपाध्यक्ष पशुपति शर्मा, द्वतीय उपध्यक्ष रामजी खाण, महिला उपध्यक्ष रिता थापा, महासचिव – सुवाश केसी,उप महासचिव – चोलेन्द्र पौडेल, सचिवमा शंकर बिसी, खुमन अधिकारी, कृष्ण रेउले, महिला सचिवमा राधिका हमाल, कोषाध्यक्ष दीपक खड्का, सह-कोषाध्यक्ष टिका पुन त्यसै गरि प्रदेश नं २ को संयोजकमा कृष्ण प्रसाद गौतम, प्रदेश नं ३ मा रमिला न्यौपाने, प्रदेश नं ४ मा तारापति सुबेदी र प्रदेश नं ७ को संयोजक सुरत राउत रहेका छन् भने प्रदेश नं १ र छ बाट उम्मेदवारी नपरेको जनाएको छ। 

त्यस्तै प्रतिष्ठानको नव निर्वाचित सदस्यहरुमा शिव हमाल, देबी घर्ति, राजु ढकाल, पार्वती राइ, कुलेंद्र बिक, मुना थापा, राजन ठकुरी, जीवन दाहाल, जमुना राना, बसन्त थापा, पूर्णकला बिसी, सन्तोष आले, इश्वरी भुषाल, जानकी तारमि मगर, हरि डाँगी, प्रचण्ड जिसी, रमेश राज भट्टराई, राजन गुरुङ र बिनोद बाजुराली रहेका छन्।