पाकिस्तानमा हुने आगामी सार्क सम्मेलन भारत सहित अन्य ३ देशले बहिष्कार गर्ने


सेप्टेम्बर २७, पाकिस्तानको इस्लामाबादमा आगामी नोम्भेम्बरमा हुने सार्क सम्मेलनमा भारतले भाग नलिने जनाएको छ।काश्मिरको उडीमा एक हप्ता अगाडी भएको हमलाका कारण भारत र पाकिस्तान बीच तनाव बढीरहेका बेला भारतले आगामी नोभेम्बरमा ९ र १० तारिख इस्लामाबादमा हुने १९ औं सार्क सम्मेलन बहिष्कार गर्ने जनाएको छ। 

भारतीय संचार माध्यमका अनुसार भारत सहित अफगानिस्तान, बंगलादेश र भुटानले पनि सार्क सम्मेलन बहिष्कार गर्ने सम्भावना रहेको जनाएका छन्।

भारतले पाकिस्तान द्वारा सिमा क्षेत्रमा भै रहेका आतंककारी हमलाका कारण आफ्नो देशले सार्क सम्मेलनमा सहभागिता नजनाउने बताउँदै यस बारे आधिकारिक रुपमा सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपाललाई समेत जानकारी गराई सकेको जनाएको छ।

यस बारे पाकिस्तानका परराष्ट्रमन्त्रिले आफुँलाई यस बारे अहिले सम्म आधिकारिक जानकारी नभएको जनाउँदै, सार्क सम्मेलनमा भारतको असभागिता दुर्भाग्यपूर्ण हुने बताएका छन्।

नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्र रहेको सार्क सम्मेलन पाकिस्तानमा तेश्रो पटक हुन लागेको हो।