स्याङ्जा सहयोग समाजले दशैमा शुभकामना आदानप्रदान गर्ने


बार्सिलोना / नेपालीहरुको महान पर्ब बडा दसैको उपलक्ष्यमा स्याङ्जा सहयोग समाज स्पेनले कार्यक्रमको आयोजना गर्ने भएको छ। समाजले बडा दसैको उपलक्ष्यमा शुभ-कामाना आदानप्रदानको कार्यक्रम गर्न लागेको हो।

समाजका महासचिव सुनिल रानाभाटका अनुसार दसैको उपलक्ष्यमा स्पेनमा रहेका स्याङ्जाली नेपालीहरु बीच शुभ-कामाना आदानप्रदान हुन लागेको हो। कार्यक्रमको उपस्थित हुन स्याङ्जाली नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई समाजले अनुरोध समेत गरेको छ।

  • कार्यक्रम बारे बिबरण
  • मिति- अक्टोबर ९ तारिख
  • स्थान– बार ह्स्पितालेत,मेट्रो L1 कानसेरा
  • समय :– दिउँसो ३ बजे देखि राति १० बजे सम्म
  • आयोजक:- स्याङ्जा सहयोग समाज स्पेन