सञ्चार सहकारीको साधारण सभा सम्पन्न


पोखरा । सञ्चार ब्यबसायी समिति पोखरा कास्कीको २१ औं बार्षिक साधारण सभा र सन्चार बचत तथा ऋृण सहकारी संस्था लि.को पाँचौ बार्षिक साधारण सभा संयुक्त रूपमा शनिबार सम्पन्न भयो ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गर्दै पेसागत आधारको सहकारीको मुल मर्मलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र यसमा पोखरा उद्योग बाणिज्य संघले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सुदिप ढकालले नीति नियम भित्र रहेर काम गर्ने सहकारी भित्र एक संचार सहकारी भएको बताए ।सो अबसरमा समितिका सल्लाहकार देबिराज तमु, कोपिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम प्रसाद पौडेलले शुभकामना ब्यक्त गरेका थिए ।
समितिका अध्यक्ष बिनोद ढुंगाना र सहकारीका अध्यक्ष धनन्जय पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहकारीका सचिव पबित्रराज तिवारीले गरेका थिए ।