गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन शिलान्यास


पोखरा । भारतीय सरकारको अनुदान सहयोगमा जिल्ला बिकास समिति कास्कीद्वारा निर्माणाधिन गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन शिलान्यास नेपाल सरकारका लागि भारतीय राजदुत महामहिम रन्जित रायले बिहीबार आयोजित बिशेष समारोहमा गरेका छन् ।
received_10154656255557147
पोखरा १७ छोरेपाटनस्थित ६ रोपनी जग्गामा निर्माण हुन लागेको तीन बिल्डिङमा २१ कोठा हुनेछन् । भारत सरकारको ५ करोड अनुदान सहयोगमा निर्माण हुन लागेको सो भवन रहेको स्थानमा जानको लागि यस अगाडि नै झोलुङ्गे पुल निर्माण गरि सकेको छ ।
received_10154656255532147
स्थानीय बिकास अधिकारी दामोदर भण्डारीको अध्यक्षतामा भएको सो समारोहमा प्रजिअ हरिप्रसाद मैनाली, नि. कार्यकारी अधिकृत ओमराज शर्मा , माननीय सभासद दीलबहादुर नेपाली, पुर्व गवर्नर डा. दीपेन्द्र बहादुर पौडेल क्षेत्री लगायतले अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्रमा भारत सरकारले सहयोग गर्दै आएको बताए ।