असल छिमेकीको १४ औं साधारण सभा


पोखरा । पोखरेली ख्रिष्टीय समुदाय अन्तर्गतको सामाजिक संगठन असल छिमेकी नेपालले मंगलबार यहाँ आप्mनो १४ औँ वार्षिक साधारणसभा तथा तेश्रो सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा पारदर्शिताको आवश्यकता पर्ने हुँदा सामाजिक लेखाजोखा आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला विकास समिति कास्कीका सामाजिक शाखा प्रमुख ई. अर्जुन न्यौपानेले कुनैपनि संघ संस्थाले आर्थिक पारदर्शीतामा जोड दिनुपर्ने खाँचो औँल्याए । संस्थाले चौमासिक रुपमा आप्mनो आमदानी र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उनले बताए । न्यैपानेले असल छिमेकीले सेवाग्रहीलाई दिएको रकम सदुपयोग भएनभएको अनुगमन गर्न आग्रह गरे । भूकम्प, बाढी लगायत प्रकोप व्यवस्थापनमा संस्थाले उल्लेख्य योगदान पु¥याएको भन्दै उनले संस्थाप्रति सरहाना व्यक्त गरे ।

कार्यक्रममा संस्थाद्वारा लागू औषध विरुद्ध आयोजित नवजीवन पुनःस्थापन कार्यक्रममा सहभागी भई जीवन रुपान्तरण गरेको भन्दै ६ जना पूर्व लागू औषध प्रयोगकर्ताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सुनिता सुनार, नेहा केसी, सरस्वती पहारी, झुपा नेपाली, कालीमाया नेपाली, शर्मिला तामाङ र राजकुमारी नेपाली रहेका छन् ।

संस्थाबाट आर्थिक लाभ लिएको दिदी बहिनी बचत समूह कास्कीकोटलाई सम्मानित गरिएको थियो । समूहलाई पाँच हजार रुपैयाँसहित सम्मान गरिएको हो । उक्त समूहमार्पmत संस्थाले कास्कीकोटवासीलाई प्रति परिवार पाँच हजार रुपैयाँ बराबरको पानी टंकी हस्तान्तरण गरेको थियो ।

संस्थामा एक दशक भन्दा बढी कार्यरत कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने कर्मचारीहरुमा संस्थाका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारी, तबिता परियार, मेनुका ताम्राकार, प्रकाश परियार, मिलन पहारी र प्रतिमा बस्नेत रहेका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै गैह्र सरकारी महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले गैह्र सरकारी संस्थाको अनुपस्थितीमा सरकारी संस्थाको कामकाज ‘कुहिरोमा हराएको काग’ को जस्तै हुने दाबी गरे । आगामी लेखाजोखा कार्यक्रममा असल छिमेकीद्वारा सेवा प्राप्त लाभग्रहीहरुलाई उपस्थित गराई उनीहरुबाट प्रतिक्रिया सुनाउनु उपयुक्त हुने उनले औँल्याए ।

कार्यक्रम संयोजक भानु पराजुलीले लेखाजोखा प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा एचआईभी एलाएन्स पश्चिमाञ्चलका अध्यक्ष विश्वमोहन गौचन, सशस्त्र प्रहरीका नायब उपरीक्षक श्रीनाथ कुँवर, रेडक्रस कास्कीका प्रमुख खेमराज सापकोटा, एमाले कास्कीकी उपमहासचिव प्रभा कोइराला, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य अधिकृत बोधराज सुवेदी लगायतले मन्तव्य राखेका थिए ।