पहिलो हप्तामा ५ करोड कमाउँदै छक्का पन्जा दोश्रो हप्तामा, बिर बिक्रम पुन: हलमा लाग्यो



काठमाण्डौ, सेप्टेम्बर १८, कलाकार दिपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र छक्का पन्जाले प्रदर्शनको नवौ दिन सम्म आइपुग्दा करिब ५ करोड कमाई गर्दै दोश्रो हप्तामा पनि हाउस फुलका साथ चलिरहेको छ। भाद्र २४ गतेबाट प्रदर्शनमा आएको चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ्ग ‘हैट’, बर्षा शिवाकोटी, नम्रता सापकोटा, सुमन गिरी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

त्यसै गरि तिन हप्ता सम्म सफलता पुर्वक प्रदर्शन भएको मिलन चाम्स निर्देशित चलचित्र बिर बिक्रम दर्शकहरुको माग अनुसार आइतबार देखि पुन: प्रदर्शनमा आएको छ। दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्रले २ करोड भन्दा बढीको व्यापार गरेको थियो। ‘वीर विक्रम’को सफलता पछि निर्देशक मिलन चाम्सले यस अघि नै नयाँ चलचित्र ‘ह्याप्पी डेज’ बनाउने घोषणा समेत गरि सकेका छन्।