नर्सिंग एशोसिएसन यूके अध्यक्षमा प्रसुना कंडेल सर्वसम्मत


लण्डन । नेपाली नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा प्रसुना कंडेल सर्वसम्मत भएकी छन् । आइतबार लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न एशोसिएसनको अधिवेसनले कंडेलको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

नयां कार्यसमितिको उपाध्यक्ष पदमा विनोदविकास सिंखडा र सुनिता गौतमबीच भएको निर्वाचनमा सिंखडा बिजयी भए भने महासचिव रस्मिता दर्लामी चुनिएकी छन् । यसअघिको कार्यसमितिमा सिंखडा महासचिव र दर्लामी कोषाध्यक्ष थिए । नवनिर्वाचित अध्यक्ष प्रसुना एशोसिएसनमा यसअघि उपाध्यक्ष र त्यसभन्दा अघिल्लो कार्यसमितिमा महासचिव थिइन् ।

रेखा खरेल सांस्कृतिक सचिव, गङ्गा साम्पाहांग कोषाध्यक्ष र यमुना आले सहकोषाध्यक्ष चयन भए । सदस्यहरुमा अनिता खरेल , रफी श्रेष्ठ , आज्ञा खनाल , बिनु लामिछाने र सुदर्शना शाक्य चुनिए । नेतृत्व चयनका लागि टुका स्याण्डवेलको अध्यक्षतामा अजिता सिंखडा र बासु लामिछाने सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो ।

यसअघि अध्यक्ष सुशिला कार्कीको अध्यक्षतामा सम्पन्न अधिवेसनमा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।