छिमेकीको चुलो मात्र ढुक्नु हुन्न सरकार (गजल)


– मान बहादुर के.सी. (मुस्कान देउडाप्रेमी)

=== गजल =========
नेपालीको ठाडो शिर झुक्नु हुन्न सरकार
छिमेकीको चुलो मात्र ढुक्नु हुन्न सरकार

पाखुरी चलाएर आत्म निर्भर बन्न सिकौ
आफ्नो देश आँफै बनाउ रुक्नु हुन्न सरकार

उताबाट दिनदिनै सिमा रेखा सारिदैछन्
गोर्खाली हौ लड्नु पर्छ लुक्नु हुन्न सरकार

क्षणिक स्वार्थ पूरा गर्न राष्ट्रियता दाउमा लगाई
स्वाभिमानले भरी मन सुक्नु हुन्न सरकार

नेपाललाई स्विजरल्याण्ड बनाउनेछु भनि
नानाभांति सपना बाट्दै भुक्नु हुन्न सरकार

बैकल्पिक शेर……
अब देखि कहिले पनि प्रदेशीको घरमा
रातो बाकस भित्र लास पुग्नु हुन्न सरकार

– मंगल्सैन ४ अछाम, हाल- फुजैराह यूएई