परराष्ट्रमन्त्री डा. महत सेप्टेम्बर अन्तिम साता युरोप आउँदै


परराष्ट्रमन्त्री डा. प्रकाशसरण महत यूरोप आउने भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा.महत सेप्टेम्बर अन्तिम साता युरोप आउँन लागेका हुन् ।

संयुक्त राष्ट्र संघको ७१ औं महासभामा भाग लिएर नेपाल फर्किने क्रममा मन्त्री महत यूरोपमा आउँने वताईएको छ ।

महतले युरोप स्थित नेपाली जनसम्पर्क समितिका अधिबेशनहरुमा समेत भाग लिने एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतमले सामाजिक संजालमा लेखेका छन् । डा महतको यूरोपियन युनियनका उच्च पदाधिकारीसंग भेटघाट तथा अन्तरकृया गर्ने योजना समेत रहेको छ ।

परराष्ट्रमन्त्री युरोप आउँने भए पछि नेपाली दूताबासको मागगर्दै आएका मुलुकबाट मन्त्रीसँग भेटबार्ता गर्दै जोडदार रुपमा प्रस्तुत हुने तयारी चलिरहेको छ ।