ब्यबसायीको घरदैलोमा सदस्य पदका उम्मेदवार रानाभाट


पोखरा । पोखरा उद्योग वाणिज्य संघको सदस्या पदका उम्मेदवार पत्रकार कृष्ण बहादुर रानाभाटले पोखराको आर्थिक समुन्नतीका लागि आफुले सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

बुधवार र बिहीबार पोखराका विभिन्न प्रतिष्ठीत व्यवसायीहरुसंगको भेटघाट र घरदैलो अभियानका क्रममा रहेका रानाभाटले व्यवसायीहरुलाई सम्वोधन गर्दै, उद्योग वाणिज्य संघलाई शुद्ध व्यवसायीक साझा थलोको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रानाभाटले भने आफू सधै व्यवसायीको पक्षमा वकालत गर्ने र व्यवसायीका पिर र मर्काका वारेमा सधै हातेमालो गर्दै अगाडि बड्ने बताए ।

अहिले पोखरा उद्योग वाणिज्य संघमा राजनीतीक भएका कारण गर्न खाजिएको छ, यसको अन्त्य गर्ने भन्दै रानाभाटले भने व्यवसायीका हकहितका लागि सधै लडिरहनका लागि उमेद्वारी दिएको बताए । सदस्य पदका उम्मेदवार रानाभाटले बुधवार न्यूरोड, चिप्लेढुङगा, पृथ्वीचोक, सृजनाचोक, नयाँबजार लगायतका अधिकांश स्थानमा घरदैलो र व्यवसायी भेटघाट कार्यक्रम गरिएको प्रचारप्रसार समितिका सदस्य सागर कार्कीले बताए ।

भदौ ३१ र असोज १ गते पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाअधिवेनको सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवार वनेका रानाभाटले समृद्ध पोखरा निर्माणका लागि आफुले सक्दो काम गर्ने अभियानप्रति सवै व्यवसायीहरु सकारात्मक रहेको टिप्पणी गरेका थिए ।