नेपालीनेपाली डटकमको बार्षिकोत्सव सम्झना (एक घण्टा लामो भिडियो)


बार्सिलोना / युरोपबाट संचालित नेपालीनेपाली डटकमले आफ्नो दोस्रो बार्षिकोत्सव समारोहको भिडियो सार्बजनिक गरेको छ। गत जुलाईमा बिशेष समारोह बीच कार्यक्रम सम्पन्न भए पनि हाल आएर एक घण्टा लामो भीडियो सार्बजनिक गरेको हो।

समारोहमा युरोपक्षेत्रबाट सामाजिक,पत्रकारिता र संगीतको क्षेत्रमा योगदान पुर्याउँने व्यक्तित्वहरु सम्मानित भएका थिए। स्पेनको बार्सिलोनामा एक भब्य समारोह बीच बीबीसी नेपाली सेवाका पुर्ब प्रमुख खगेन्द्र नेपाली,गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक कुल आचार्य र बाँसुरी बाधक बिनोद कटुवाल सम्मानित भएका थिए।

साथमा बिबिध साँस्कृतिक कार्यक्रमहरुले समेत समारोह ऎतिहासिक तथा भब्य बनेको थियो। हेर्नुहोस् एक घण्टा लामो यो भिडियो।

स्रोत:- हिरालाल श्रेष्ठ, नेपाल स्विस डटकम

भिडियो हेर्नुहोस्