डेभिड वार्नर तोडे, २४ वर्ष पुरानो रेकर्ड


डेभिड वार्नर एकदिवसीय क्रिकेटमा श्रीलंकामा घरेलु टोलीविरुद्ध शतक बनाउने पहिलो अष्ट्रेलियन ब्याट्सम्यान बनेका छन् ।घरेलु टोलीविरुद्धको पाँचौं एकदिवसीयमा उनले १११ बलमा शतक पुरा गरेका हुन् । यसक्रममा उनले नौ चौका हाने । उनको यो सातौं एकदिवसीय शतक हो ।

यसअघि सन् १९९२ मा मार्क टेलरले श्रीलंकामा घरेलु टोलीविरुद्ध ९४ रन बनाएका थिए ।