युरोपेली बैठकका लागि को- को आईपुगे डेनमार्क ?


कोपेनहेगन / गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलनका डेनमार्क एनआरएन मय बनेको छ। जुलाई ३० र ३१ तारिख कोपेनहेगन स्थित हिल्टन होटलमा  हुने सम्मेलनका लागि युरोप क्षेत्रभरका गैर आबासीय  नेपालीहरु उत्रदा डेनमार्क एनआरएन मय बनेको हो।

“युरोपका नेपालीको अभियान: लगानी, पुनर्निर्माण र पर्यटन” भन्ने नारा सहितको युरोपेली बैठकका लागि गैर आबासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो कोपेनहेगन आईपुगेका छन्। संघका केन्द्रिय अध्यक्ष शेष घले,प्रमुख संरक्षक तथा पुर्ब अध्यक्ष जीवा लामिछाने,संरक्षक दिल गुरुङ,उपाध्यक्ष द्वय कुमार पन्त र भवन भट्ट डेनमार्क आईपुगेका छन्।imageयस्तै संघका केन्द्रिय महासचिव बद्री केसी, सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी,सह-संयोजक रजनी प्रधान,युरोप संयोजक कुल आचार्य,उप संयोजक प्रेम गुरुङ,दावा जी शेर्पा,यूरोप क्षेत्रका आईसीसी सदस्यहरु,राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको बाक्लो उपस्थिति रहेको छ। क्षेत्रीय बैठकमा सबैभन्दा बढी बेलायतबाट सहभागिता रहेको छ। करिब ६० जना सहभागीहरु युकेबाट नै आईपुगेको आयोजकले जनाएको छ।

imageकार्यक्रमको उद्घाटन भने डेनमार्क स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदूत रामकाजी खड्का र एनआरएन अभियन्ताहरुले संयुक्त रुपमा गर्ने भएका छन्। यस्तै कार्यक्रममा नेपाल उद्दोग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका,महासंघका सदस्य चन्द्र प्रसाद ढकाल लगायत नेपालबाट पत्रकारहरुको पनि  सहभागिता जनाएका छन्।

यसै बीच डेनमार्क स्थित नेपाली दूताबासले गैर आबासीयहरु स्वागत गर्दै शुक्रबार रात्रिभोजको आयोजना गरेको थियो। संघका केन्द्रिय अध्यक्ष घलेले देशको हितमा नै क्षेत्रीय बैठकमा आँफूहरुले छलफल चलाउँने बताउँदै रात्रीभोज आयोजना गरेकोमा दूताबासलाई धन्यबाद ब्यक्त गरे।

image