फिर्के बुलौदी अभियानलाई युथको सहयोग


पोखरा । फिर्के बुलौदी खोला सरसफाई अभियानको सातौ श्रृखलामा पोखरेली ख्रिष्टीयन युथ संगतिले पाँच थान फोहोर उठाउने कोरेसो र ४० थान ग्लब्स सहयोग गरेको छ । युथ संगतिका अध्यक्ष प्रकाश भुजेलले पोखरा उपमहानगरपालिकाका कार्यकारी कार्यकारी अधिकृत भीम बहादुर कुँवरलाई शनिबार उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

यस अभियानमा विभिन्न संघ संस्था, टोल विकास संस्था आमा समुह, प्रहरी, शसस्त्र प्रहरीहरुको सक्रिय सहभागिता रहेको थियो । आगामी आठौं श्रङखला शनिवार नेपाल स्काउट कास्कीको प्राङ्गण नजिकबाट शुरु हुने भएको छ ।

यसैबीच पोखरामा रहेका चर्चहरुको समुदाय पोखेली ख्रिष्टीय समुदायको आयोजनामा शनिबार ४९ जना एस एल सि उत्तीर्ण विद्यार्थीलाई पुरस्कृत गरिएको छ । समुदायका उपाध्यक्ष पाष्टर हरी घिमिरेले सञ्चालन गरेको कार्यक्रममा समुदायका सल्लाहकार पाष्टर भविन्द्र राना, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारी र छात्रवृति प्रदायक संस्था प्रभावका कार्यकारी व्यवस्थापक खेम केसीले विद्यार्थीहरुको लागि उत्साहपूर्ण सन्देश दिएका थिए ।