मानवतस्करीलाई रोक्न एक जुट भएर लाग्नु पर्छ :- एनआरएनए अध्यक्ष शेष घले


दोहा । गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घलेले मानवतस्करीलाई रोक्न एक जुट भएर लाग्नु पर्ने बताएका छन्। गैर आवासीय नेपाली संघको पाँचौ मध्यपुर्व क्षेत्रीय सम्मेलनलाई शुक्रबार कतारमा सम्बोधन गर्दै अध्यक्ष घलेले नेपालीले नेपालीलाई शोषण गर्न नहुने भन्दै मानबतस्करी रोक्नु पर्नेमा जोड दिएका हुन्।

मानवतस्करीलाई रोक्न सरकारी निकायहरुसँग एनआरएनले सहकार्य गरिरहेको बताउँदै सबैले मिलर यसको बिरुद्दमा आवाज उठाउँनु पर्ने बताए। अध्यक्ष घलेले गैर आबासीय नेपाली संघका प्रत्येक राष्ट्रिय समन्वय परिषदहरुमा आर्थिक पारदर्शिता हुनु पर्नेमा पनि  जोड दिए। उनले भने,”‘हरेक एनसीसीले आफ्नो आर्थिक विवरणलाई अडिटका लागी आईसीसीमा पठाउनुपर्छ । एउटा एनसीसी राष्ट्रले गल्ती गर्दा सिङ्गो एनआरएन प्रतिको बिश्वास खस्किने हुँदा,आर्थिक विवरण नबुझाए ब्ल्याक लिष्टमा पर्नेछ ।’13680873_1440029379346976_6551236282974423734_nकार्यक्रममा प्रमुख अतिथीको रुपमा कतार स्थित नेपाली दुतावासका कार्यवाहक राजदुत मणिरत्न शर्माले  एनआरएनएले दुतावासहरुसँग सहकार्य गर्दै आएको बताएका छन् । ‘कतारमा रहेको नेपाली दुतावास व्यवस्थित रहेको र ‘नेपाल र नेपालीको हित हुने तथा दुई देशबीचको सम्बन्धलाई मजवुत बनाउन आबश्यक भुमिका खेल्नु पर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै बैदेशिक रोजगार बिभागका महानिर्देशक शत्रुघनप्रसाद पुडासैनीले बैदेशिक रोजगार खतरामुलक बन्दै गएको भन्दै काबुल घटनालाई स्मरण गरे । उनले भने,”विदेशमा मृत्यु हुने कामदारलाई सरकारको कल्याणकारी कोषबाट ३ लाखबाट बढाएर ५ लाख पुर्याउने र बिमा कम्पनीले दिने ५ लाखलाई बढाएर १० लाख पुर्याउने प्रयास भईरहेको छ ।”

कर्मचारी सञ्चयकोषका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले बैदेशीक रोजगारीमा गएका नेपाली कामदारको आर्थिक सेवा सुरक्षाको लागि ‘पेन्सन फन्ड’को अबधारणामा काम गरिरहेको बताए । ‘कर्मचारी ऐन संसोधनको अन्तिम अवस्थामा छौ’, उनले भने,‘संसदबाट स्विकृत भएपछी कार्यान्वयनमा लाग्ने छौ ।  त्यसको लागि प्रक्रिया अगाडि बढेको छ ।”13710044_1439996666016914_8477240518531092763_nकार्यक्रममा अतिरिक्त प्रहरी महानिरिक्षक बिज्ञानराज शर्मा विदेशमा प्रहरी सहचारी राख्ने कुराहरुमा छलफल भईरहेको बताए । ‘मध्यपुर्बका कतार, साउदी र मलेसियामा प्रहरीका संयन्त्र राख्नका लागि गृहकार्य भइरहेको छ ।’ उनले भने  ‘भिजिट भिसाका नाममा विदेशमा नेपालीहरु ऋलपत्र परिरहेका छन । यसमा नेपाली नै संलग्न हुनु दुखद हो । यसको निकै ठुलो गिरोह सकृय छ । त्यसैले विदेश जाने नेपालीहरुलाई व्यवस्थित बनाउन जरुरी छ ।’

मध्यपुर्व सम्मेलनमा एनआरएनए केन्द्रिय उपाध्यक्षहरु कुमार पन्त,भवन भट्ट,महासचिव डा. बद्री केसी,कोषाध्यक्ष हिक्मत थापा,महिला संयोजक सपिला राज भण्डारी लगायत एनआरएन अभियन्ताहरुको बाक्लो सहभागिता रहेको छ।

‘पुर्ण सामाजिक सहितको सम्मानित बैदेशिक रोजगार , समुन्नत राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ कतारमा मध्यपुर्ब सम्मेलन भएको हो।13754358_1440273062655941_2185352439103015948_n 13775907_1440146089335305_441088196688586358_n 13770492_1440028766013704_6895512382844371057_n 13690583_1440029616013619_8268236563772604906_n 13697160_1440029796013601_6585134377630005118_n 13754493_1440030076013573_1985520797515839107_n