जे.एस.एस.कपमा कुल ८ टिमको सहभागिता, कुन कुन टिम भिड्दै छन् ?


कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको दोस्रो जे एस एस कपमा ८ टिमले भाग लिने भएका छन् । टिम दर्ता हुने समयसम्म सम्म टिम दर्ताको समय भएकोमा ८ टिमले दर्ता गराएको हालै पत्रकार सम्मेलनमा खेलकुद संयोजक तथा फुटबल प्रतियोगीताका संयोजक कृष्ण गिरिले जानकारी दिएका छन् ।

अघिल्लो वर्ष भन्दा यो वर्षको प्रतियोगीता अझै बढी रोचक हुने देखिएको छ ।

सहभागी  टिमहरु निम्नानुसार रहेका छन् ।
१. जे एस एस  टिम ( आयोजक )
२.बेल्लाहोए क्लासिक
३. हिमालयन स्पोर्ट्स क्लब
४. ओ. एन एफ. टिम
५. पासा पुचा क्लब
६. युनिटी क्लब
७. डी. एम. ओन्स मोर क्लब
८. राइनो नेपाल फुटबल क्लब

जे एस एस कपले ल्याएको तरङ्ग ।

कोपनहेगनमा अहिले खेलकुदप्रेमी नेपाली नेपाली बीच एउटा तरङ्ग छाएको छ । त्यो हो फुटबलको तरङ्ग । दोस्रो जे एस एस कप प्रतियोगिता आउन एक हप्ता मात्र बाँकी छ ।

यहि जुलाई २३, २४ र २९ को दिन बेल्लाहोएको खेल मैदानमा हुने प्रतियोगीताको लागि भाग लिने खेलाडीहरु अहिले अभ्यास खेलको लागि प्रत्येक दिन सोहि मैदानमा आउने गर्दछन । नेपालीहरु अहिले प्रत्येक दिनजसो अभ्यास खेल खेल्ने गर्दछन ।

केहि दिन अघिसम्म कुन खेलाडी कता बाट खेल्ने भन्ने कौतुहलता भएको भए पनि टिम दर्ता संगै खेलाडीहरु पनि सबै टिममा तय भैसकेकोले अब त्यो कौतुहलता नरहेको एक खेलाडीले बताए । त्यसो त खेल जित्नकै लागि मात्र नखेलिने भएकोले आपासी भाइचाराको सम्बन्ध कायम राख्न खेल उत्तिकै महत्व भएकोले जो जता बाट खेले पनि फरक नपर्ने धेरैको भनाइ रहँदै आएको छ ।

अहिले कुन टिमले प्रतियोगीता जित्ला भनेर सबैको चासो रहेको छ । यसपालीको प्रतियोगीता अलि बढी प्रतिष्पर्धात्मक हुने भने देखिएको छ । राम्रा खेलाडीहरु सबैतिर छरिएर रहेकोले खेल पनि रोचक हुने सबैको अपेक्षा रहेको छ ।

जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्यले बताए अनुसार खेलकुद प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेकोले प्रतियोगीता भव्य र सभ्य हुनेमा आफुहरु विश्वस्त रहेको बताए ।

कुन कुन टिम भिड्दै छन् ?

Screen Shot 2016-07-20 at 23.17.36

हालै आयोजीत पत्रकार सम्मेलनमा दर्ता भएका सबै टिमहरुबीच टाई सिट सम्पन्न भएको थियो जस अनुसार निम्न टिम एक आपसमा भिड्दै छन् । टाई सिट अनुसार सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ । जसअन्तर्गत समुह ‘ए’ मा पासा पुचा क्लब, युनिटी क्लब, हिमालयन क्लब र डीएम ओन्स मोर रहेका छन् भने समुह ‘बी’ मा आयोजक जेएसएस, ओएनएफ, बेल्लाहोए र राइनो नेपाल क्लब रहेका छन् ।

समुहमा रहेका सबै टिम एक आपसमा भिड्नु पर्ने छ र एउटा समुहबाट २ टिम दोस्रो चरण अर्थात सेमिफाइनलमा जाने छन् । समुह ‘ए’ मा भएका सबै टिमबीच निकै प्रतिस्पर्धा हुने देखिएको छ जुन कठिन समुह मानिएको छ । अघिल्लो पटकको बिजेता र उपबिजेता सोहि ‘ए’ समुहमा परेका छन् भने समुह ‘बी’ मा पनि निकै प्रतिस्पर्धा हुने देखिएको छ । यसपटक कुनकुन टिम दोस्रो चरणमा जाने भन्ने पहिल्यै निश्चीत गर्न कठिन देखिएको छ ।