बाल अधिकार र कर्तव्यको बारेमा सचेतना कार्यक्रम


पोखरा । पोखरा ९ मा रहेको कृष्ण टोल बाल क्लबले शनिबार बाल अधिकार र कर्तव्यको बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उत्तम जोशीले ६ जना बिपन्न बालबालिकालाई स्टेसनरी सामाग्री हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।

टोलमा बसाई सराई नल्याई बसोबास गर्नेका बालबालिकाको जन्मदर्ता लगाएतका गर्न नसकिएको वडा सचिव लोकदर्शन कोइरालाले बताए । सो अबसरमा वडा सचीव लोकदर्शन कोइराला, वडा नागरिक मञ्च पोखरा ९ का अध्यक्ष लेखुराम खती, दरबारथोक एड्भरटाईजिङका प्रो. कृष्ण रानाभाट, सामाजिक परिचालक भावना श्रेष्ठले बाल बालिकाले गर्ने सामाजिक तथा क्षमता अभिबृद्दि कार्यक्रममा सबैले सहयोग गर्नुपर्ने बताए ।

सो बाल क्लबले शनिबार बिहान टोलको सरसफाइ पनि गरेको थियो । सरसफाइमा बालबालिका लगाएत टोलबासीको उल्लेख सहभगिता रहेको थियोे । टोलमा १० देखि १८ बर्षका एक सय १५ बालबालिका रहेका छन् भने क्लबमा ३३ जना मात्रै सदस्य बनेका छन् । क्लबकी अध्यक्ष मुस्कान बिकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लिजा थापामगरले र संचालन सचिब सिम्रन केसीले गरेकी थिइन ।