गण्डकी विकास बैंकको नाफा करिव २१ करोड


पोखरा । पोखराको न्यूरोडमा अवस्थित गण्डकी विकास बैंक लिमिटेडले आ.ब. २०७२/०७३ को आषाढ मसान्त सम्ममा करिव २१ करोड रुपैया बराबरको संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । यस अवधिमा बैंकले ५ अर्व ५५ करोड निक्षेप संकलन गरी ४ अर्व ६३ करोड कर्जा लगानी गरेको छ ।

२०६१ सालवाट पश्चिमाञ्चल विकास क्षेत्र र मध्यमाञ्चल बिकास क्षेत्रको चितवन जिल्ला गरि विभिन्न १० जिल्लाहरुलाई आधार मानि प्रधान कार्यालय सहित २१ स्थानवाट गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्दे आएको उक्त बैंकको हाल सम्म झण्डै ५४ करोड बराबरको चुक्ता पुँजि रहेको छ ।

ग्राहकहरुलाई सरल, सहज र सर्वसुलभ वित्तिय सेवा पु¥याउदै आएको यस बैंकले ग्राहकहरुलाई मोवाईल बैकिङ्ग, ब्त्ः, ब्द्यद्यक्, लकर र रेमिट्यान्स लगायतका आधुनिक एवं गुणस्तरिय बैकिङ्ग सेवाहरु उपलब्ध गराउदै आएको छ भने विभिन्न कर्जा शिर्षकहरुमा सरल र सहज तरीकाले छिटोछरितो रुपमा कर्जा उपलब्ध गराउनुका साथै निक्षेपमा आकर्षक ब्यजदर प्रदान गर्दै आएको छ । साथै बैकले नेपाल राष्ट्र बैँकले तोकेको समयमा पुँजी पुर्याउन प्रतिबद्धता जाहेर गर्दै बैंकले आगामी दिनहरुमा थप सेवा सुविधा विस्तार गर्दे लैजाने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत छविन्द्र नाथ शर्माले वताए ।