बजाज कम्पनिको V 15 मोटरसाइकल पोखरामा


पोखरा । बजाज कम्पनिको भि १५ मोटरसाइकलको पोखरामा एक कार्यक्रमको आयोजना गरी पोखरामा पहिलो पटक लन्च गरिएको छ ।

उक्त मोटरसाईकलको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख, कार्यक्रमका प्रमुख अतिथि ईन्स्पेक्टर विश्व अधिकारी, अतिथि सवईन्स्पेक्टर शिब थापा, पत्रकार दिननाथ वराल र कास्की मोटर साईकल वक्र्ससप एशोसियसनका अध्यक्ष माधब खतिवडाले सम्युक्त रुपमा लन्चिङ गरेका हुन् ।

20160711_112726

कम्पनीको रणनिति वारे चर्चा गर्दै ईच्छाशाक्ति अटोमोवाईल्सका प्रबन्ध संचालक ईच्छामान बुद्धाचार्यले धेरै समयदेखि एकै किसिमको मोटरसाइकल चढ्न बाध्य भएका ग्राहकहरुलाई बजाज भि १५ निकै नै आर्कषक डिजाइनमा कम्पनिले बजारमा ल्याएको वताए ।

उनले सिमित अवधिको लागि बजाज भि १५ को मुल्य २ लाख चार हजार नौ सय कायम गरिएको वताउँदै कम्प्युटर सेग्मेन्ट श्रेणीको यस नयाँ मोटरसाईकलले निकै नै गति लिएर अगाडी बढ्ने र यस्तो उन्नत उत्पादनको शुभारम्भसँगै यस क्षेत्रमा अधिपात्य कायम राख्नेमा विश्वस्त रहेको वताए ।

index

उत्कृष्ट माइलेज, पिक–अप र अतुलनिय पावर को लागि डिटियस–आई इन्जिन, बाइक चलाउँने क्षमता बढाउने एक्जास टेक, राम्रो पावरफुल हेडलाइट , सिङ्गल र डबल सीट अप्सन भएको, अझ राम्रो रोडग्रीप र सुरक्षाको लागि वाइड एण्ड लार्ज टायर भएको, कम स्पीडमा पनि पूरा प्रकाश दिने, सहि समयमा स्पार्क दिइ इन्धन खेर जान नदिने लगाएतका विशेषता रहेको भगवान विजुक्छेले वताए ।

तपाईको प्रतिक्रिया