पार्बती टोलले वडा सचिवदेखि विद्यार्थीसम्मलाई सम्मान गर्‍यो


पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. ९ बसपार्कस्थित पार्बती टोल बिकास संस्थाले शनिबार विभिन्न ब्यक्ति तथा संघ संस्थालाई सम्मान गरेको छ ।

received_1232704273420186

टोल विकास संस्था वडा समन्वय समिति पोखरा ९ का संयोजक उत्तम जोशीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वडा सचीव लोकदर्शन कोइरालाई सम्मान पत्र, खादा र अबिरले सम्मान गरेको हो ।

received_1232624886761458

त्यस्तै नागरिक मंचका अध्यक्ष लेखुराम खती, महिला समन्वय समितिकि अध्यक्ष दिलमाया गुरुङ, स्वतन्त्र पत्रकार संघ कास्कीका सचीव कृष्ण रानाभाट लगाएतलाई मायाको चिनो प्रदान गरेको थियो ।

त्यसै गरि टोलमा रहेको शिव मन्दिर बनाउन बिशेष सहयोग गर्ने, समाजलाई प्लास्टिक कुर्सी सहयोग प्रदान गर्ने, संस्थाका गतिविधि प्रचारप्रसारमा सहयोग गरेको भन्दै सम्मान पत्र र मायाको चिनो प्रदान गरेको थियो ।

सम्मानित ब्यक्तिहरु कर्णबहादुर गुरुङ, लक्ष्मी श्रेष्ठ, पिताम्बर, राधिका सिम्खदा, गणेशकुमार श्रेष्ठ, श्यामप्रसाद थापा, बिकास आनन्द, भिमबहादुर पुन, कुमारी भुजेल, रोमबहादुर कार्की, सपना गुरुङ, रेखा गरुङ, कुमारी रखाल, नारायण श्रेष्ठ, दुर्गा तामाङ, आसबहादुर बिश्वकर्मा, लिला तामाङ, मिना माया श्रेष्ठ लगाएतका थिए ।

साथै २०७२ सालको एसएलसी परिक्षा उतिर्ण हुने टोलका मन्जु गुरुङ, बिकल श्रेष्ठ, मुस्कान परियार, जीवन बिक, शान्ति गुरुङ, आकृति बुढामगर, शुभाष तामाङ, सरस्वती कुँवर, निशा खवास, जेलिका गुरुङ, बिन्दु जनम भुजेललगाएतलाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष आसबहादुर बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव विकास आनन्दले संचालन गरेका थिए ।